उपप्रधानमन्त्री यादवले दिए राजीनामा

काठमाडौँ - उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष समेत रहेका यादवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।
“आज बिहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”, उनले भने । उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।
त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिएका छन् । जसपा राजनीतिक समिति सदस्य समेत रहेका उनले आजै राजीनामा बुझाएका हुन् ।

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ : गगन थापा (भिडियो)

सरकारले गति लिन सकेन् : गगन थापा

नयाँ वर्षको शुभकामना दिँदै शेखरले भने- कांग्रेसको महाधिवेशनलाई टार्न खोज्ने …

तीनकुने घटनाको मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले कारबाही गर्छ : ईश्व…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

ओली सरकार बदनाम भइरहेको विषयमा देउवा 'कन्भिन्स'

माओवादीका नेताहरू चीन भ्रमणमा

प्रतिक्रिया