ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना, एक जनाको मृत्यु

ललितपुर- ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
सोमबार दिउँसो १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले प्रदेश १–०२–०५१ प ३८५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार बसको ठक्करबाट राइड शेयरिङका स्कुटर चालक महालक्ष्मी नगरपालिका वडा नम्बर ९ लामाटार बस्ने ४५ वर्षीय भोपाल अधिकारी र भक्तपुर बोडे बस्ने ४६ वर्षीया सविता थापा घाइते भएका थिए ।
उनीहरूलाई उपचारका लागि अल्का अस्पताल लगिएकोमा उपचारका क्रममा सविताको मृत्यु भएको हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया