सिटी एक्सप्रेस मनी ट्रान्स्फरले युएईमा साङ्गितिक कार्यक्रम आयोजना गर्दै

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्स्फरले यही आउँदो मे १९ तारिखमा युएईस्थित बरदुबईको SK 7 क्लबमा साङ्गितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरूले आफ्नो प्रस्तुति दिने छन् । चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेस मनी ट्रान्स्फरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती श्री परियार र कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिने भएका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दु:खको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीहरूलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरले जानकारी दिएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्स्फरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्स्फरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया