सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

चिनियाँ राष्ट्रपति सीले दिए अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई

बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकाको राष्ट्रपतीय चुनावमा निर्वाचित जोसेफ बाइडनलाई बधाई व्यक्त गरेका छन् । उनले २५ तारिखमा दिएको बधाई सन्देशमा चीन अमेरिकाबीचको सम्बन्धको स्वस्थ तथा स्थिर विकासको प्रवर्द्धन गर्नु दुई देशका जनताका लागि हितकर हुनुका साथै अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षा भएको बताए ।

राष्ट्रपति सीले आफ्नो बधाई सन्देशमा दुवै पक्षले सहयोगको भावनालाई समर्थन गर्दै सहमति, सामञ्जस्यता, आपसी सम्मान र साझा जीत तथा सहकार्यमा ध्यान केन्द्रीत गर्ने छ भन्ने आशा रहेको व्यक्त गरेका छन् । साथै उनको कार्यकालमा दुई देशबीचको मतभेद कम हुनुका साथै चीन अमेरिका सम्बन्धको स्वस्थ तथा स्थिर विकासलाई प्रवर्द्धन गर्दै अन्य देश तथा अन्तर्राष्ट्रिय समुदायसँग मिलेर विश्व शान्ति तथा विकासको उन्नत प्रवर्द्धन गर्न चाहेको पनि बताए ।