अहिलेको गठबन्धन लम्ब्याउन जसपा नेपाल विभाजित गराइयो : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन लम्ब्याउन पार्टी विभाजनसम्मको कसरत भएको बताएका छन् ।
मंगलबार ललितपुरमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन लम्ब्याउन नै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित गराइएको दाबी गरेका हुन् । सबै पार्टीभित्र अन्तरविरोध गरेर गठबन्धनमा आफ्नो शक्ति स्थापित गर्न खोज्ने प्रयास भएको उनले बताए ।
उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकाल्ने षडयन्त्रसम्म भएको अध्यक्ष नेपालले आरोप लगाए । उनले आफ्नो पार्टीका सन्दर्भमा पनि फुटको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको धारणा राखे । उनले राष्ट्रिय राजनीतिमा अहिले नै के हुन्छ भन्ने निश्चित नरहेको अवस्थामा सबै विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्ने जिकिर गरे ।
मुलुकको राजनीतिक घटनाक्रमहरू आफूहरूले पत्रपत्रिकाबाट जानकारी पाउनुपर्ने अवस्था आएको भन्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने सोच्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।
दुई दिनसम्म चल्ने नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा पेस हुने विभिन्न चारवटा दस्तावेजमाथि छलफल गर्दै पारित गर्ने तयारी गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया