सुकेधारामा पुरुषको शव फेला

काठमाडौँ - काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ ।
काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भई हाल काठमाडौँ–७ चावहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नालामा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो ।
प्रवक्ता अधिकारीका अनुसार गिरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया