सरकारको सेयर स्वामित्व भएका संस्था एकीकरण, बचत तथा ऋणका सहकारी मर्ज गरिने
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षमा सरकारको शेयर स्वामित्व भएका सहकारी संस्थालाई एकीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष बचत तथा ऋणका सहकारी मर्ज गर्ने नीति लिने बताएका हुन् ।
राष्ट्रपति पौडेलले बजेट विनियोजन प्रणालीमा सुधार गरिने पनि बताएका छन् । संघीय संसदको संयुक्त बैठकमा सरकारले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले बजेट निर्माणमा देखिएका समस्या क्रमश: समाधान गर्दै जाने बताए ।
नीति तथा कार्यक्रम मार्फत सरकारले राजस्वका नयाँ स्रोत खोजी गर्ने तथा करदाताको कर चुक्ता गर्न लाग्ने लागत घटाउने घोषणा गरेको हो ।
नीति तथा कार्यक्रममा विनियोजन कुशलता कायम गर्ने घोषणा गरिए पनि व्यवहारमा सरकारले पूर्वतयारी नभएका, खुद्रे प्रकृतिका परियोजनामा बजेट विनियोजन गरिरहेको छ ।
अन्धाधुन्ध आन्तरिक ऋण लिँदै उत्पादन नबढ्ने क्षेत्रमा खर्च गरिरहेको सरकारले नीति तथा कार्यक्रम मार्फत् आन्तरिक ऋणलाई उत्पादन बढाउने क्षेत्रमा मात्रै खर्च गर्ने गर्ने घोषणा गरेको हो ।

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

मेरो चरित्र हत्या गर्ने प्रयास भयोः मन्त्री अधिकारी

जनताको अपेक्षाअनुसार प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयोः प्रधानमन्त्…

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

प्रतिक्रिया