नीति तथा कार्यक्रम : नेताहरूको मिश्रित प्रतिक्रिया
काठमाडौँ- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा विभिन्न राजनीतिक दलका नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।
सत्ता पक्षका सांसदहरूले कार्यक्रमको बचाउ गर्दै सकारात्मक र रुपान्तरणकारी भएको प्रतिक्रिया दिएको छ भने प्रतिपक्षी दलका नेताले परम्परागत र आशालाग्दो नभएको टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता माधव सापकोटाले नीति तथा कार्यक्रम समग्रमा राम्रो भएको बताए । उनले भने, 'अहिलेको राजनीतिक परिस्थिति र दलहरूबीचको सम्बन्धलगायत समग्र दृष्टिमा उत्साहजनक छ, कार्यान्वयन गर्नेमा जोड दिनुपर्छ ।'
स्वरोजगारका क्षेत्र र युवा पुस्तालाई आशावादी तुल्याउने देखिएको उल्लेख गर्दै सांसद सापकोटाले नीति तथा कार्यक्रमले समग्रमा सबै पक्षलाई समेटेको प्रतिक्रिया दिए । 'नीति तथा कार्यक्रम अनुसारको बजेट र त्यसलाई कार्यान्वयन गर्ने सरकारको इच्छाशक्ति मुख्य विषय हो । छलफललाई त्यसमा केन्द्रित गर्नुपर्छ,' उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम बजेटसँग तादाम्यता हुने गरी सबै क्षेत्रलाई समेटेर ल्याएको बताएयो । 'यसपटक ठूला विषय नराखी क्रमिक सुधार हुने गरी ल्याइएको छ । दर्जनौं क्रमिक सुधारका विषय राखिएका छन्, बजेटसँग यसको सम्बन्ध जोडिने सम्भावना ह्वात्तै बढ्यो । अहिले विचारका रुपमा आयो, बजेटसँगै कार्यान्वयनमा आउँछ,' उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले नियमित रूपमा प्रत्येक वर्ष नीति तथा कार्यक्रम पेस गर्नुपर्ने भएकाले सदनमा पेस गरिएको प्रतिक्रिया दिए । उनले भने, 'नीति कार्यक्रम जनतालाई उत्साह दिने र वर्तमान राजनीति अवस्थालाई सम्बोधन गर्नेखाले छैन ।'
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा बहुदलीय व्यवस्था आएको ३४ वर्षसम्म उस्तै किसिमका विषयवस्तु समेटेर नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिए ।
'तुर्जमा भएका नीति तथा कार्यक्रम २० प्रतिशत मात्रै कार्यान्वयन भएको भए मुलुकको समृद्धिले फड्को मारिसक्थ्यो,' उनले भने । नीति तथा कार्यक्रम कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्नेमा भण्डारीले जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया