लखनउमाथि दिल्ली १९ रनले विजयी

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराति भएको खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो ।
दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन मात्र बनाएको थियो । यस अघि दिल्लीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।
योसँगै दिल्लीले यस सिजनका लिग चरणका सबै १४ खेल खेलेको छ । दिल्ली १४ खेलमा १४ अंकसहित अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । प्लेअफको सम्भावना भने अब अन्य टिमको नतिजामा भर पर्ने छ । अहिलेसम्मको अंक तालिकाअनुसार दिल्ली प्लेअफबाट बाहिर रहेको छ ।
त्यसैगरी लखनउको यो हारपछि प्लेअफको सम्भावना कठिन बनेको छ । लखनउको १३ खेलमा १२ अंक रहेको छ । लखनउले अब अन्तिम खेल आगामी शुक्रबार मुम्बई इण्डियन्ससँग खेल्ने तालिका रहेको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया