थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु

काठमाडौँ- राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहेकी अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्यु भएको छ । उनी २८ वर्षकी थिइन् र विगत केही महिनादेखि अनशनमा थिइन् ।
नेतिपर्ण सानेसाङ्खोमलाई 'थालुबाङ्' भनेर पनि चिनिन्छ। मंगलबार नेतिपर्णको मुटुले अचानक काम गर्न छोडेको अधिकारीहरूले बताएका छन् ।
नेतिपर्ण २६ जनवरीदेखि हिरासतमा थिइन् । उनीविरुद्ध सातवटा मुद्दा दर्ता भएका छन् । तीमध्ये दुईवटा घटना राजतन्त्रको अपमानसँग सम्बन्धित थिए ।
नेतिपार्नले थाइल्याण्डको न्यायिक प्रणालीमा सुधारको माग गर्दै आएएकी थिइन् । उनी हिरासतमा भएदेखि नै आन्दोलनमा थिइन् ।
थाइल्याण्ड विश्वका ती देशहरूमध्ये एक हो जहाँ राजतन्त्रको अपमान गर्नेलाई निकै कठोर सजाय दिइन्छ ।

चिकुनगुनिया भाइरसले विश्वभरीका २.४ लाख प्रभावित, अमेरिकाले जारी गर्यो चेता…

भारतीय माझी श्रीलङ्काबाट पक्राउ

गाजामा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु

किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार

संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह

अमेरिकाद्वारा ‘एमआरएनए’ प्रविधिमा आधारित खोप परियोजनाको लगानी रोकिँदै

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

प्रतिक्रिया