क्यानले सार्वजनिक गर्यो समितिका संयोजक तथा सदस्यहरुको नामावली

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले संघअन्तर्गत गठित विभिन्न समितिका संयोजक तथा सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।
क्यानले बुधबार सार्वजनिक गरेको नामावलीअनुसार प्रतियोगिता समितिको संयोजकमा दिवाकर घले रहेका छन् ।
प्रतियोगिता समितिको सदस्यमा अर्जुन पौडेल, सुदिप शर्मा, श्रीधर केसी, दाउद अन्सारी र देवेन्द्र प्रजु रहेका छन् ।
विकास समितिको संयोजकमा धिरेन्द्र सावद रहेका छन् भने सदस्यहरुमा करण महत्रा क्षेत्री, ऋषिराम गौतम, मनिष सिंह र अल्विन बस्नेत रहेका छन् ।
अनुशासन समितिको संयोजकमा सुदिप शर्मा रहँदा सदस्यहरुमा रोचक रेग्मी र सुनिल कार्की रहेका छन् ।
प्राविधिक समितिको संयोजकमा विक्रम विष्ट छन् । त्यसैगरी, सदस्यहरुमा आयुष श्रेष्ठ, संजयकान्त सिग्देल, विनयकुमार झा र महेश रिजाल रहेका छन् ।
महिला क्रिकेट विकास समितिको संयोजकमा प्रदिप मजगैँया तथा सदस्यमा जयन्तिदेवी भट्ट रहेका छन् ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया