एपीएफ फाइनलमा पुग्दा कोशीमाथि बागमतीको जित

काठमाडौँ- नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा आयोजक ललितपुर मेयर्स-११ लाई ८ विकेटले पराजित गर्दै एक खेलअगावै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफको यो लगातार तेस्रो जित हो ।
जितका लागि ७२ रनको लक्ष्य एपीएफले ९ ओभर २ बलमा केवल २ विकेट गुमाएर पूरा गर्यो । एपीएफका लागि कप्तान सिता राना मगरले ५० रनको योगदान गरिन् । ललितपुर मेयर्स-११ का लागि कृतिका मरासिनीले २ विकेट हात पारिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स-११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ७१ रन बनाउँदा कप्तान पुजा महतोले २४ तथा ज्योत्सनिका मरासिनीले २१ रन जोडे ।
बुधबार नै भएको अर्को खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले हरायो । वर्षाका कारण प्रभावित खेलमा ६४ रनको लक्ष्य बागमतीले ११ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि कोशीले तय गरिएको १३ ओभरमा ६ विकेटको क्षतिमा ६३ रन जोडेको थियो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया