अर्थमन्त्री पुनको दाबी: नीति तथा कार्यक्रम अनुसारकै बजेट र मौद्रिक नीति आउँछ

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले नीति कार्यक्रम अनुसारकै बजेट र मौद्रिक नीति सार्वजनिक हुने बताएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम उत्साहजनक रहेको भन्दै उक्त कार्यक्रम कार्यान्वयन हुने गरि बजेटका साथै मौद्रिक नीति आउने बताएका हुन् ।
बजेट समेट्न नसक्ने बिषयहरुलाई यस बर्ष नीति तथा कार्यक्रममा समावेश नगरिएको उनको भनाइ छ । उनले सरकार मुलुकमा लगानी मैत्री वातावरण बनाउनका लागि प्रतिवद्ध रहेकोले सरकारलाई आवश्यक सुझाव दिन आग्रह गरे । मन्त्री पुनले रोजगार र उत्पादनका साथै सम्भावना बोकेका क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीमैत्री वातावरण बनाउनका लागि कर प्रणालीलाई पुनर्विचार गर्न सुझाव दिए । आन्तरिक स्रोतको सिमिततासंगै वैदेशिक सहायतामा समेत कमी आइरहेको सन्दर्भमा स्वदेशी एवं वैदेशिक लगानी र प्रविधि आकर्षित गर्न लगानी प्रवर्द्धन दशकका रुपमा आगामी बर्षदेखि विशेष कार्यक्रम संचालन गर्नुपर्ने उनले बताए ।
उनले कुनै लगानीकर्ताले नाफाको ४० प्रतिशत भन्दा बढि पुर्न लगानी गरेमा आयकरमा छुट दिइनु पर्ने बताए । विस्तृत लेखापरीक्षण दुई वर्ष भित्रमा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था हुनुपर्ने उनले सुझाव दिए ।

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

प्रतिक्रिया