शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कैलालीमा नहरको इन्टेकमा बालक मृत फेला

सांकेतिक फोटो

धनगढी - कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका छन्।​

लम्कीचुहा नगरपालिका–२ चौरीका खेमराज सुनारका ३ वर्षीय छोरा बखत सुनार नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका हुन।

जानकी गाउँपालिका–९ सुकुम्वासी टोलका राजु सुनारको घरको आँगनमा खेल्नेक्रमा बालक बेपत्ता भएका थिए। खोजतलासको क्रममा बालकलाई नहरको इन्टेकमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।