शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ

कञ्चनपुर- बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३ वर्षीय लच्छी चन्दको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय महेश भण्डारी रहेका छन् ।
भण्डारीलाई सोही नगरपालिकाको वडा नं ६ दुम्लीमा ट्रयाक्टरको ट्रलीको भुसाभित्र सुतेको अवस्थमा आज बिहान ४ बजे पक्राउ गरिएको हो । बुधबार साँझ ८ बजे घरतर्फ जाँदै गरेका बेला चन्दलाई ढुङ्गा प्रहार गरी भण्डारीले गम्भीर घाइते बनाएका थिए ।
घाइते भएका चन्दलाई तत्कालै बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ भर्ना गरिए पनि अवस्था गम्भीर हुँदा थप उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममै चन्दको निधन भएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न भण्डारी बैतडीको दोगडा केदार गाउँपालिका–४ का स्थानीय बासिन्दा रहेको बताइएको छ ।
उनी केही दिनदेखि बेलौरीमा बस्दै आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धानको कार्य गरिरहेको छ । रासस

वर्षाले बैतडीको एक घरमा क्षति

भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि...

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

प्रतिक्रिया