कांग्रेस संसदीय दलको निष्कर्ष : छानबिन समितिको मागबाट पछि नहट्ने, सभामुख संसदीय मर्यादामा बसेनन्

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ ।
कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
साथै कांग्रेसले सहकारीको रकम ठगि गरेका मानिसहरूलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी दिएको छ ।
लेखकका अनुसार कांग्रेसले बिहीबार संसद्मा भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेको भएको निष्कर्ष निकालेको छ ।
सिंगो विपक्षी दल विरोधमा रहेको बेला सभामुखले संसद् अगाडि बढाउन नसक्ने परम्परा विपरित गएको लेखकले बताए । कांग्रेसले सभामुखलाई दलीय आवद्धता त्यागेर निष्पक्ष भएर बैठक सञ्चालन गर्न आग्रहसमेत गरेको छ ।
नेता लेखकले बिहीबार प्रतिपक्ष सदनमा उभिएको बेला सत्तापक्ष उठेर विरोध गर्नु संसदीय मर्यादा विपरित भएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया