आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

विश्वकपअघि नेपालले दुई 'वार्मअप' क्रिकेट खेल खेल्ने

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि २९ तारिखसम्म हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअघि नेपालले दुई 'वार्मअप' (अभ्यास) खेल खेल्ने भएको छ ।

आईसीसीले सार्वजनिक गरेको अभ्यास खेलको तालिका अनुसार नेपालले क्यानाडा र अमेरिकाविरुद्ध खेल्ने भएको हो ।

तालिकाअनुसार नेपालले अमेरिकाको टेक्ससमा क्यानाडाविरुद्ध मे २७ तारिखमा पहिलो अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले दोस्रो अभ्यास खेल पनि टेक्ससमै अमेरिकाविरुद्ध मे ३० तारिखमा खेल्ने भएको हो ।

विश्वकपका लागि समूह 'डी' मा रहेको नेपालले भने पहिलो औपचारिक खेल भने नेदरल्यान्ड्सविरुद्ध जुन ४, दोस्रो खेल श्रीलंकाविरुद्ध जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकाविरुद्ध जुन १४ तथा चौथो खेल बंगलादेशविरुद्ध जुन १६ तारिखमा खेल्ने तालिका रहेको छ ।