यी हुन् कोभिड संक्रमण र मृत्यु धेरै भएका टप १० देशहरू

बेइजिङ : जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
संयुक्त राज्य अमेरिकामा तीन करोड ३४ लाख ८६ हजार ९२५ जना संक्रमित भएका छन् भने ६ लाख २८७ को मृत्यु भएको छ । भारतमा दुई करोड ९६ लाख ३३ हजार १०५ जना संक्रमित भएका छन् । त्यस्तै तीन लाख ७९ हजार ५७३ को मृत्यु भएको छ ।
ब्राजिलमा एक करोड ७५ लाख ३३ हजार २२१ जना संक्रमित भएका छन् । चार लाख ९० हजार ६९६ को मृत्यु भएको छ । फ्रान्समा ५८ लाख ६ हजार ४१८ जना संक्रमित भएका छन् । त्यस्तै एक लाख १० हजार ६९२ को मृत्यु भएको छ ।
टर्कीमा ५३ लाख ४२ हजार २८ जना संक्रमित भएका छन् । ४८ हजार ८७९ जनाको मृत्यु भएको छ । रुसमा ५१ लाख ८९ हजार २६० जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख २५ हजार ४४३ मृत्यु भएको छ । बेलायतमा ४५ लाख ९६ हजार ९९४ जना संक्रमित भएका छन् भने एक लाख २८ हजार १८१ जनाको मृत्यु भएको छ ।
इटालीमा ४२ लाख ४७ हजार ३२ जना संक्रमित भएका छन् भने एक लाख २७ हजार १०१ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ४१ लाख ७२ हजार ७४२ जना संक्रमित भएका छन् भने ८६ हजार ६१५ जनाको मृत्यु भएको छ । त्यसैगरी कोलम्बियामा ३८ लाख २ हजार ५२ संक्रमित भएका छन् भने ९६ हजार ९६५ जनाको मृत्यु भएको छ । (सिन्ह्वा)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया