प्रतिनिधिसभाको आजको बैठक स्थगित
प्रधानमन्त्रीले आजै साँझ कांग्रेस नेताहरूसँग छलफल गर्ने

काठमाडौँ- आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार अब अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बस्ने भएको छ ।
यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको थियो ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरिरहेका छन् ।
अहिलेसम्म सहमतिको प्रयास भए पनि सहमति हुन नसकेपछि आजको संसद् बैठक स्थगित गरिएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आजै साँझ कांग्रेस नेताहरूसँग छलफल गर्ने बताइएको छ ।

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

प्रतिक्रिया