द्रुतमार्ग अन्तर्गत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु

काठमाडौँ- नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडामा एउटा सुरुङ ब्रेक थ्रु भएको छ ।
आयोजनाको प्याकेज नं.२ को मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको हो । त्यहाँ निर्माणाधीन जोडी सुरुङमध्ये एक हजार छ सय ३३ मिटर लम्बाइको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
द्रूतमार्गमा छ वटा सुरुङ र ८९ वटा पुल हुनेछ । उक्त सडक आयोजना आगामी २०८३ चैत मसान्तसम्ममा पूरा गर्ने कार्य योजना छ । करिब ७०.९७७ किमी लम्बाइको द्रुतमार्ग पहाडी भू–भागमा २५ र तराई भूभागमा २७ मिटर चौडाइ हुनेछ । आयोजनाको हालसम्मको भौतिक र वित्तीय प्रगति करिब ३३ प्रतिशतको हाराहारीमा पुगेको छ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया