प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूबीच के-के भयो छलफल ?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरूबीच छलफल भएको थियो ।
छलफलपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको बताए ।
‘प्रधानमन्त्री प्रचण्ड छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ' लेखकले बैठकपछि भने 'उहाँले पनि राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने चाहना राख्नु भएको छ ।’
बैठकमा संसदीय समिति गठनबारे यसअघि तयार गरिएको मस्यौदामा सहमति खोज्न प्रधानमन्त्री प्रचण्डले जोड गरेका थिए । त्यसमा कांग्रेसले पनि सहमति जनाएको छ । तर कांग्रेसले ठगी गर्ने कम्पनीको नाम उल्लेख गर्नुपर्ने अडान राखेको छ । बैठकमा संसदीय समिति गठनबारे स्वर्णिम वाग्ले र जीवन परियारले मस्यौदा तयार पारेका थिए ।
बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र रमेश लेखक थिए भने माओवादीबाट जर्नादन शर्मालगायत थिए ।
कांग्रेससँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आज दिउँसो सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफल गर्ने तयारी गरेका छन् । त्यसपछि फेरि आज साँझ वा आइतबार बिहान कांग्रेस नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।

सुख्खायाममा भारतलाई सित्तैमा पानी उपलब्ध गराउने एडीबीको खेल

कसले गर्याे रोजगार व्यवसायी राईको हत्या मलेसियामा ? (अडियो/भिडियोसहित)

गर्भवती–सुत्केरीको मन बिमार हुन सक्छ भन्ने कहिले सोच्छौँ ?

र्यापर मेयरको रफ राजनीति

सेनाले दुई चिनियाँ ठेकेदारलाई ५७ करोड २४ लाख रुपैयाँको उन्मुक्ति दियो

अधिवक्ता परीक्षामा महिला अघिअघि, कार्यस्थलमा पछिपछि

महँगो चुनाव, एक मत बराबर ५ हजार रुपैयाँ खर्च

प्रतिक्रिया