सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

हामीहरू तामासा मात्रै हेरेर बसेका छौं : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको बताएका छन् ।

शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा प्रधानमन्त्री प्रचण्ड निकै व्यस्त रहेको र आफूहरू तामासा मात्रै हेरेर बसेको जिकिर गरे ।

नेपाली राजनीतिले कुन कोर्स लिने हो भन्ने विषयमा अवलोकन गरिरहेको भन्दै मुलुकलाई स्थायित्व गर्ने गरी अघि बढ्न सक्नुपर्ने धारणा उनले राखे ।