सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरसंवादमा बोल्दै नेता रिजालले सरकारले ल्याउने गरेको बजेट बजेटजस्तो नभएको टिप्पणी गर्दै उक्त सुझाव दिएका हुन् ।
नेता रिजालले सीमित स्रोत भएकाले नेपालले बजेट बनाउँदा प्राथमिकताको क्षेत्र छुट्याउनुपर्ने बताए । सबैथोक बराबरी समेट्ने कुरा बजेटमा हुनै नसक्ने उनको तर्क थियो ।
नेता रिजालले भने, ‘हाम्रो बजेट बजेट जस्तो छैन । हाम्रो पञ्चवर्षीय योजना योजना जस्तो छैन । सबै चिज गर्छु भन्नु योजना होइन । तपाईंसँग लिष्ट छैन भने तपाईंले जतिसुकै गर्छु भने पनि त्यो बजेट होइन । सीमित स्रोतसाधनमा प्राथमिकता छुट्याउनुपर्छ– के गर्ने, के नगर्ने ?’

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया