अपराजित रहँदै बुन्डेसलिगाको उपाधि जित्ने पहिलो टिम बन्यो लेभरकुसेन

काठमाडौँ- अपराजित रहँदै जर्मन बुन्डेसलिगाको उपाधि जित्ने बायर लेभरकुसेन पहिलो टिम बनेको छ ।
यस सिजनको बुन्डेसलिगाअन्तर्गत लेभरकुसेनले खेलेका ३४ मध्ये २८ खेलमा जित हात पार्दा ६ खेलमा बराबरीको नतिजा निकाल्दै उपाधि जितेको हो । यससँगै अपराजित रहेर बुन्डेसलिगाको उपाधि जित्ने कीर्तिमान लेभरकुसेनले कायम गरेको हो ।
बुन्डेसलिगाको अन्तिम खेलमा लेभरकुसेनले शनिबार राति अग्सबर्गलाई २-१ गोलअन्तरले पराजित गर्यो । लेभरकुसेनको जितमा भिक्टर बोनिफेस र रोबर्ट एन्डरिचले एक-एक गोल गरे । अग्सबर्गका लागि मेर्ट कोमुरले एक गोल फर्काए ।
जारी सिजनमा लेभरकुसेनले सबै प्रतियोगितामा गरी ५१ खेलमा अपराजित रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया