अनरको नयाँ फ्ल्यागशिप फोन नेपाल आउँदै

काठमाडौं । नेपाली बजारमा अनरको नयाँ फ्ल्यागशिप फोन आउने भएको छ । अनरको नेपालस्थित आधिकारिक बिक्रेता सेलट्रोन नेपालले चाँडै नै शक्तिशाली जुम क्यामेरा भएको ‘अनर म्याजिक सिक्स प्रो’ ल्याउन लागेको हो ।
यस फोनमा एआई सञ्चालित फाल्कन क्यामेरा प्रणाली, अनर नानोक्रिस्टल शिल्ड डिस्प्ले, स्न्यापड्रागन ८ जेन थ्री प्रोसेसर, छिटो चार्ज हुने ठूलो ब्याट्री लगायतका विशेषता छन् ।
यसले स्मार्टफोन उद्योगमा पहिलो पटक पाँच वटा डीएक्सओ मार्क (DXOMARK) गोल्ड लेबल प्राप्त गरेको कम्पनीको भनाइ छ । म्याजिक ओएस ८ मा आधारित एन्ड्रोइड १४ मा चल्ने फोनमा १२० हर्ज रिफ्रेस रेट र डल्बी भिजन सहितको ६.८० इन्च ओलेड डिस्प्ले छ ।
मुख्य सेन्सर र अल्ट्रावाइड ५० ५० मेगापिक्सेल रहेको फोनमा १८० मेगापिक्सेलको टेलिफोटो क्यामेरा (पेरिस्कोप लेन्स) छ, जसमा २.५ एक्स अप्टिकल जुम र १०० एक्स डिजिटल जुम क्षमता हुने कम्पनीले जनाएको छ । सेल्फी पारखीका लागि थ्रीडी डेप्थ क्यामेरा सहित ५० मेगापिक्सेलको सेन्सर छ ।
यसमा ५६०० एमएएच क्षमताको ठूलाे ब्याट्री छ, जसका लागि कम्पनीले ८० वाटको वायर्ड फास्ट चार्जर र ६६ वाटको वायरलेस चार्जर उपलब्ध गराउने छ ।
नेपाली बजारमा यो फोनको मूल्य र उपलब्धता औपचारिक रूपमा घोषणा गरिएको छैन । फोनको प्रि-बुकिङ २१ मेदेखि सुरु हुने चर्चा छ ।
ग्राहकले १२ंं जीबी र्याम तथा ५१२ जीबी स्टाेरेज भेरियन्टमा यो फोन किन्न सक्नेछन्, जसमा थप ८ जीबी अनर र्याम टर्बो पनि पाइनेछ । नेपाली बजारमा यो फोनको मूल्य करिब एक लाख ६० हजार रुपैयाँ हुने अनुमान छ ।

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रोडक्टहरू सार्वजनिक, कति पर्छ मूल्य ?

शाओमी १५ अल्ट्रा भव्य रूपमा नेपालमा सार्वजनिक

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची' को केकी र रेखाद्वा…

एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प

दराजको ३.३ मार्च म्याडनेस क्याम्पेन, किनमेलमा उल्लेख्य बचत गर्ने अवसर

प्रतिक्रिया