सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

बीवाईडी ईभी एक दिनमै ५० युनिट डेलिभरी

आरएसए भेइकलको रूपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

काठमाडौँ- नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौँको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो ।

उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरूलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरियो । यसले नेपालमा दिगो र वातावरणमैत्री यातायात समाधान तर्फ उदाहरणीय परिवर्तनको संकेत गरेको छ । अटोमोटिभ उद्योगमा भएको नवप्रवर्तन र प्रगतिशीलतालाई उत्साहपूर्वक मनाउनका लागि उच्चतम मापदण्डहरूमा पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरले एउटा उपयुक्त स्थलको रूपमा कार्य गरेको छ ।

सो अवसरमा रोड साइड असिस्टेन्स (आरएसए) भेइकलको रूपमा बीवाईडी ई६ समेत सार्वजनिक गरियो, जुन पहिलो पटक २०१७ मा भित्रिएको थियो । बीवाईडी ईभी प्रयोगकर्ताहरूका लागि आवश्यक सपोर्ट र सर्भिस प्रदान गर्ने सन्दर्भमा साइमेक्सको अडिग प्रतिबद्धतालाई यसले प्रमाणित गरेको छ । निर्वाध र रमाइलो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्न तथा ग्राहक सन्तुष्टि र सुरक्षाका लागि समेत यसले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास रहेको छ ।

‘सर्भिस सेन्टरबाट ५० बीवाईडी गाडी डेलिभरी गरेर र ७ वर्ष पुरानो बीवाईडी गाडीलाई डेडिकेटेड आरएसए भेइकलको रूपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ । साइमेक्स इंक ग्राहक सेवालाई थप मूल्यवान बनाउनमा अडिग रूपमा प्रतिबद्ध छ भन्ने तथ्यलाई यसले पुनःपुष्टि गरेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशिल तण्डुकारले भने, ‘अत्याधुनिक ईभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुर्‍याउने हाम्रो अडिग प्रतिबद्धतालाई यसले दर्साउँछ । आरएसए भेइकलको परिचयसँगै बीवाईडी ग्राहकहरूलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको छ । यससँगै नेपालमा यातायातको भविष्य निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्न पाएकोमा हामी गौरवान्वित छौं ।’

बीवाईडी डल्फिन र बीवाईडी एट्टो ३ एड्भान्स्ड फिचर, सुपेरियर पर्फमेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय छन् र ग्राहकलाई अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्न तथा वातावरण संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्न सक्षम छन् । यी गाडी इनर्जी एफिसियन्ट समेत छन् । इलेक्ट्रिक मोबिलिटी सोलुसन उपलब्ध गराई यसको प्रयोग बढाउन भूमिका खेलेर साइमेक्स इंकले नेपाललाई अझै सफा र हरियाली बनाउने लक्ष्य लिएको छ ।

सफलतापूर्वक एकै दिनमा ५० बीवाईडी ईभी डेलिभरी गरेर साइमेक्स इंकले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ र आफूलाई नेपालमा दिगो यातायात समाधान गर्ने कार्यमा एक लिडरको रूपमा उभ्याएको छ । यस प्रकारका नवप्रवर्तन र ग्राहक केन्द्रित अभियानमार्फत साइमेक्स इंक आगामी दिनमा समेत देशमा सकारात्मक परिवर्तन ल्याउन र मोबिलिटीको भविष्य निर्माण गर्न सधैं प्रतिबद्ध रहने कम्पनीले जनाएको छ ।

 

इनड्राइभले भन्योः चालक र यात्रुलाई भाडादर तोक्ने अधिकार दिएको छ

इनड्राइभले भन्योः चालक र यात्रुलाई भाडादर तोक्ने अधिकार दिएको छ

यामाहा नेपालले ल्यायो MT-15 भर्सन 2 किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर

यामाहा नेपालले ल्यायो MT-15 भर्सन 2 किन्ने देशभरका ग्राहकका लागि विशेष राइडि…

क्याटल र फोटोन मोटरबीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सँगै अघि बढ्ने सम्झौता

क्याटल र फोटोन मोटरबीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सँगै अघि बढ्ने …

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट”

एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्‍यो सबैभन्दा उच्च स्थानमा रहेको पहिलो सिसिएस २ ईभी चार्जिङ स्टेसन

एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा स्थापना गर्‍यो सबैभन्दा उच्च स्थानमा रहे…

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने