बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

कनेक्ट आइपिएसको लाइफ इन्स्युरेन्स प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक

काठमाडौँ- कनेक्ट आइपिएसले जेठ ६ देखि साउन ३२ गतेसम्म लागू हुने गरी 'कनेक्ट आइपिएसबाट भुक्तानी गर्दा लाइफ इन्स्युरेन्स प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता (रु. ४०,००० सम्म)' अफर सार्वजनिक गरेको छ ।

यस आकर्षक अफर अन्तर्गत कनेक्ट आइपिएसबाट लाइफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १,००० क्यास ब्याक प्राप्त गर्न सक्ने छन् भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम (रु ४०,००० सम्म) फिर्ता पाउन सक्ने छन् ।

लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरूको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली विजेताको जानकारी महिना सकिएपछि नेपाल क्लियरिङ हाउसको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरूमार्फत सार्वजनिक गरिने छ । कनेक्ट आइपिएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आइपिएस गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।

कनेक्ट आइपिएस, बैंकका ग्राहकहरूका लागि एकै प्ल्याट्फर्म मार्फत एकभन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरू गर्नका निम्ति एक सजिलो माध्यम हो । कनेक्ट आइपिएसको वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ ।

यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपालपे क्युआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरू गर्न सकिन्छ । कनेक्ट आइपिएस मार्फत चालु आर्थिक वर्षको वैशाख मसान्त सम्म ५३ सदस्य बैंक वित्तीय संस्था मार्फत रु. ४,४५६ अर्ब बराबरको ५ करोड ८० लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्योट भइसकेको कम्पनीले जनाएकाे छ । ​

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम