रसुवागढी नाकामा बढ्याे चहलपहल
रसुवा - चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको छ । भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरुका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो ।
अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरू मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिनुभयो । उक्त नाकाबाट मानसरोवर साढे नौ सय किलोमिटर टाढा छ ।
नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौँबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु देखिएको हुनसक्ने प्रमुख निरौराको भनाइ छ । उहाँका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरू पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया