एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली

बाजुरा - नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको मतदान ओलीले दुई सय १८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले दुई सय तीन मत पाए ।
उपाध्यक्षमा निर्वाचित जनककुमार बोहराले दुई सय ७४ मत प्राप्त गर्दा प्रत्यासी मेघराज शाहीले एक सय २० मत पाए । सचिवमा विजयी काशीबहादुर विकले दुई सय ४१ पाउँदा प्रत्यासी जनक विष्टले एक सय ७१ मत पाए ।
साथै उपसचिव (खुला)मा विजयी हरिबहादुर रोकायाले दुई सय ७७ प्राप्त गर्दा प्रत्यासी मानबहादुर रोकायाले एक सय १५ मत तथा उपसचिव (महिला)मा विजयी राजकला सार्कीले दुई सय ७७ मत पाउँदा प्रत्यासी कल्पना महतले एक सय २६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिएका छन् ।
यही जेठ १ गतेबाट सुरु भएको आठौँ अधिवेशनमा चार सय ३९ जना प्रतिनिधि थिए । जसमा चार सय २५ मत खसेको थियो । पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया