भारतमा लोकसभाको पाँचौं चरणको मतदान जारी

काठमाडौँ - भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो ।
यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ ।
पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लासहित कुल ६९५ उम्मेदवार मैदानमा छन् ।
यस चरणमा मतदान हुने राज्य र केन्द्र शासित प्रदेशहरू हुन्- बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाख रहेका छन् ।
यसपछि अब छैटौं चरणको २५ मे मा र सातौं चरणको १ जुनमा मतदान हुने छ । मतगणना जुन ४ मा हुने आयोगले जनाएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया