एमाले बाँकेको अध्यक्षमा नीरक गुरुङ

नेपालगञ्ज - नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाए ।
शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो । कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी भए । । उहाँले तीन सय १३ मत प्राप्त गरे । उनी लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसमेत हुन्।
सचिवमा बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गरी विजयी हुनुभयो भने उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिइन् । कूल चार सय ६६ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया