जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं - जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।
गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन टुटेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनेपछि जनमत प्रतिपक्षमा रहँदै आएको थियो ।
तर सरकारबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिएसँगै जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको हो । प्रतिनिधि सभामा जनमत पार्टीका ६ जना सांसद छन् ।
प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया