संसदमा कांग्रेसले गरेको प्रदर्शनको मूल्य चर्को पर्ने प्रधानमन्त्री दाहालको चेतावनी

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा नेपाली कांग्रेसले गरेको प्रदर्शनको मूल्य चर्को पर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभामा नाराबाजीका बीच विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्रीले कांग्रेसले संसदमा इतिहासमै कलंकित हुने काम गरेको भन्दै यो मूल्य चर्को पर्ने चेतावनी दिएका हुन् ।
उनले भने- तपाईहरुले बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक पटक तपाईहरुलाई साथ दियो, त्यो प्रधानमन्त्रीलाई संविधान अनुसार विश्वासको मत दिन नदिएर तपाइहरुले नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । आजको तपाईहरुको यो गतिविधि राम्रोसँग कलंकको रुपमा स्थापित हुने छ ।'
उनले पटक पटक कांग्रेसलाई सहयोग गरेको स्मरण गर्दै आजको व्यवहारले आफूलाई निकै दुखी तुल्याएको बताए । उनले आफूलाई विश्वासको मत दिन लागेको नेकपा एमाले लगायत सम्पूर्ण सत्ताधारी दलहरुलाई धन्यवाद दिए ।

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

प्रतिक्रिया