कुमारी बैंककाे फोन लोन सुविधा, क्यूआर मर्चेन्टहरूलाई बिनाधितो, छिटो-छिटो

काठमाडौँ- सबैका लागि सधैंका लागि अनवरत डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्दै आधुनिक जीवनशैलीमा आधारित सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरूलाई बिनाझन्झट कुमारी मोबाइल बैंकिङ्ग एप मार्फत नै रु दुई लाखसम्मको कर्जा उपयोग गर्न सक्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ ।
यसबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तीय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरूका सानातिना वित्तीय आवश्यकताहरू परिपूर्ति हुँदा वित्तीय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाइहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

प्रतिक्रिया