बालेनले चेतावनी दिएपछि रिहा भए महानगरका चार जना गाडी चालक !

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन् । मेयर बालेन्द्र शाह 'बालेन' ले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।
बालेनले आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारीको अनाहकमा अपमान महानगरले नसहने पनि बताएका छन् ।
उनले नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुने र त्यसमा कसैले सम्झौता गर्न नपाइने जिकिर गरेका छन् ।
उनले लेखेका छन्, 'जो कोहीले यत्ति बुझ्नुहोला - पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर, नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौँ महानगर यसमा संवेदनशील छ । अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला ।'
यसअघि बालेनले फेसबुकबाटै चालकलाई रिहा नगरेसम्म सिंहदरबारको, पार्टीहरूको कार्यालयको र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए ।

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह

लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

‘जलविद्युत् आयोजनाले बरुण नदीको अस्तित्व खतरामा पर्छ’

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

मन्त्रि भण्डारीद्दारा फरक क्षमताका युवालाई रोजगार दिने ईप्सा नेपालको अवलोकन

प्रतिक्रिया