संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बैठक बस्दै

काठमाडौँ- सहकारी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । आज बिहान ९ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्दैछ ।
नेपाली कांग्रेस उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी छानबिन गर्नुपर्ने अडानमा छ । त्यस्तै सत्तारूढ नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नमानेका कारण सहमति जुट्न सकेको छैन ।
एमालेका नेतासमेत रहेका कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यहरूमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल छन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

पार्टीको सिद्धान्त बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्छः सभापति देउवा

कांग्रेसका पूर्वपदाधिकारीहरूको निष्कर्षः वर्तमान सरकारले गठबन्धनको भावअनुसार क…

प्रतिक्रिया