कलंकीमा माटो बोकेको ट्रिफर दुर्घटना

काठमाडौँ- कलंकीमा ब्रेक फेल हुँदा ट्रिफर दुर्घटनामा परेको छ । आज बिहान ना ३ ख ३४० नम्बरको ट्रिफर दुर्घटना भएको हो । ब्रेक फेल भएर दुर्घटनामा परेको ट्रिफर दुर्घना हुँदा पार्किङ गरिराखेको मोटरसाइकल पूर्ण रुपमा क्षति भएको कलंकी ट्राफिक पोष्टका इन्चार्ज देवेन्द्र मल्लले जानकारी दिए ।
उनका अनुसार बा.०२३ प ८४४७ नम्बरको मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ । ट्रिफर चालक ३२ वर्षीय रामकृष्ण परियार हुन् । कुनै पनि मानवीय क्षति भएको छैन । ट्रिफर ब्याक आएर दुर्घटना भएको हो । पुलको दायाँ साइडमा दुर्घटना भएको हो ।
‘माटो ल्याएर उकालोमा ट्रिफर पार्किङ गरेर राखिएको रहेछ,’ उनले भने,’ चालकले मापसे गरेका थिए । कालीमाटी वृत्तमा थप अनुसन्धानका लागि लगिएको छ ।‘

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया