साढे तीन महिनामा जलसरोकार टिभि कार्यक्रम बन्द

काठमाडौँ- इनर्जी नेपाल मिडिया हाउस प्रालिले सञ्चालन गरेको 'जलसरोकार टेलिभिजन कार्यक्रम' बन्द भएको छ । २०८० माघ १७ गतेदेखि सुरू भएको उक्त कार्यक्रम सोमबारदेखि बन्द भएको हो ।
आर्थिक अभावका कारण कार्यक्रम बन्द भएको कार्यक्रम सञ्चालक विकास थापाले सामाजिक सञ्जालमा लेखेका छन् । ऋण लिएर कार्यक्रम सञ्चालन गरेर निजी क्षेत्रका समस्या समाधान गर्नका लागि नसकिने सञ्चालक थापाले उल्लेख गरेका छन् ।
'आर्थिक अभावका कारण यो कार्यक्रम बन्द भएको जानकारी गराउँछु । ऋण लिएर देशको लागि, निजी क्षेत्रका समस्या समाधान गर्नका लागि गर्न सकिएन' सञ्चालक थापाले फेसबुकमा लेखेका छन् । उनले दर्शकहरूलाई माफी पनि मागेका छन् ।
सञ्चालक थापाले कतैबाट सहयोग नपाएको कारण कार्यक्रम बन्द भएको उल्लेख गरेका छन् । उनले धम्क्याएर र चाकडी गरेर विज्ञापन माग्ने आफ्नो स्वभाव नभएको उल्लेख गरेका छन् ।
'देशको लागि, निजी क्षेत्रको लागि जलसरोकार टिभि कार्यक्रम लिएर आएको थिएँ, तर कतैबाट सहयोग पाइनँ । नेताका चाकडी गरेर बनाएको भए सरकारी निकाय, सारा व्यापारीहरूका सहयोग पाइन्थ्यो होला' थापाले लेखेका छन् ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया