अस्ट्रेलिया फुटबल टिमकी कप्तान साम केरले पेरिस ओलम्पिक गुमाउने

काठमाडौँ- अस्ट्रेलियाको महिला फुटबल टिमकी कप्तान साम केरले पेरिस ओलम्पिक गुमाउने भएकी छन् ।
एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएपछि अष्ट्रेलियन स्ट्राइकर साम केरले सन् २०२४ को पेरिस ओलम्पिकबाट आधिकारिक रूपमा बाहिरिएकी बीबीसीले जनाएको हो ।
जनवरीमा चेल्सीको प्रशिक्षण शिविरका क्रममा ३० वर्षीया केर घाइते भएकी थिइन् ।
अस्ट्रेलियाको प्रि-ओलम्पिक मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दै प्रशिक्षक टोनी गुस्ताभसनले केरले जुलाईमा हुने खेलहरूमा गुमाउने बताएका हुन् ।
केर अस्ट्रेलियाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले १ सय २८ खेलमा ६९ गोल गरेकी छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया