ललितपुर महानगरले दियो भोलि स्थानीय बिदा

काठमाडौँ- ललितपुर महानगरपालिकाले भोलि बुधबार स्थानीय बिदा दिएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै महानगरले स्थानीय बिदा दिएको जानकारी गराएको हो ।
महानगरपालिका नगरकार्यपालिकाको वैशाख १८ गतेको बैठकबाट यस ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक श्री रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति र परम्परादेखिको धार्मिक महत्वको दिन भएकाले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय गरेको महानगरले जनाएको छ ।
सूचनामा भनिएको छ, ' ललितपुर महानगरपालिका नगरकार्यपालिकाको मिति २०८१/०१/१८ गतेको बैठकबाट यस ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक श्री रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिको धार्मिक महत्वको दिन भएकोले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय भए बमोजिम मिति २०८१/०२/०९ गते तदनुसार ने. सं. ११४४ बछलाथ्व चतुर्दशीका दिन नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सो दिन ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया