चेल्सीले प्रशिक्षक पोचेट्टीनोलाई हटायो

काठमाडौँ- चेल्सीले प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई बर्खास्त गरेको छ । क्लबले यस सिजनमा सोचे जस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक पोचेट्टीनोलाई हटाएको हो ।
५२ वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेट्टीनो २०२३ को जुलाईमा चेल्सीको प्रशिक्षक नियुक्त भएका थिए । यस सिजनमा चेल्सीको प्रदर्शन उतार चढावपूर्ण रहेको थियो ।
सिजनको अन्त्यतिर चेल्सीले आफ्नो प्रदर्शनमा सुधार गर्दै प्रिमियर लिगमा छैटौं स्थानमा यो सिजन समाप्त गरेको थियो ।
उनको नेतृत्वमा चेल्सीले खेलेका ५१ खेलमा २६ जित ११ बराबरी र १४ खेलमा हार बेहोरेको थियो ।
चेल्सीले छिट्टै नयाँ प्रशिक्षक नियुक्त गर्ने जनाएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया