शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

डिक्सन टेकले भारतमा गुगल पिक्सेल ८ स्मार्टफोनहरू बनाउने

काठमाडौँ- अल्फाबेटले आफ्नो गुगल पिक्सेल ८ स्मार्टफोनहरू भारतमा उत्पादन गर्ने भएको छ ।

यसका लागि अल्फाबेटले भारतीय निर्माता डिक्सन टेक्नोलोजीलाई छनौट गरेको हिन्दुस्तान टाइम्सले जनाएको हो ।

यस सुपर-प्रिमियम फोनको लागि परीक्षण उत्पादन चरण पहिले नै सुरु भइसकेको बताइएको छ । भारतमा बनेको स्मार्टफोनहरु सेप्टेम्बर महिनासम्ममा बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

अल्फाबेटले भारतीय बजारसँग विश्वका अन्य बजारमा पठाउने उदेश्यले गुगल पिक्सेल ८ स्मार्टफोनहरु बनाउन लागेको हो ।