एमालेले देखायो स्वास्थ्य मन्त्री प्रदीप यादवलाई १६ बुँदे प्राथमिकता

काठमाडौँ- नेकपा (एमाले)ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र गर्नु पर्ने कामको प्राथमिकता उल्लेख गरी स्वास्थ्य मन्त्री प्रदीप यादवको ध्यानाकर्षण गराएको छ । पार्टीका स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य मन्त्रालय पुगेको प्रतिनिधि मण्डलले मन्त्री यादव समक्ष १६ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
सो पत्रमा केही स्वास्थ्यको नीतिगत समस्या, स्वास्थ्यकर्मीहरूका समस्या र रोगको रोकथामका लागि गर्नुपर्ने कामका बारेमा उल्लेख गरिएको छ ।
‘संविधानले मौलिक हकको रुपमा स्थापित गरेको स्वास्थ्य जनताले भने महँगो शुल्क तिरेर उपचार सेवा लिनुपर्ने बाध्यता छ । स्वास्थ्य बीमा प्रभावकारी ढंगले चल्न सकेको छैन ।
स्थानीय तहमा निर्माण सुरु भएका आधारभूत अस्पतालहरू सम्पन्न गर्ने र सञ्चालनका लागि आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्था के छ ? मन्त्रालय र अन्तरगर्तका निकायमा सम्बन्धित अनुभवीलाई हटाउने र पहुँचको भरमा विषय नमिल्ने पदाधिकारीहरूलाई प्रमुख बनाउने परम्परा छ, यी विषयहरूलाई तत्काल सच्याउनु पर्दछ भनेर भन्यौँ,’ प्रतिनिधि मण्डलमा सहभागी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा झलक गौतमले नेपाली हेल्थलाई भने ।
डा गौतमले आफूहरूसँग मन्त्री यादवले पनि कर्मचारी सरुवा बढुवामा पक्षपात पूर्ण व्यवहार नहुने, सही व्यक्तिलाई सही ठाउँको जिम्मेवारी दिने लगायतका प्रतिवद्धता जनाएको उल्लेख गरे ।
उनले मन्त्री यादवले जनशक्ति नभएको ठाउँमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल सुरु गरिसकेको बताएको भन्दै सुधार गर्नु पर्ने कामको विवरण अध्ययन गरी थप कदम चाल्ने आश्वासन दिएको समेत सुनाए ।
हेर्नुहोस् ध्यानाकर्षण पत्र

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

चार दिनमा निको हुने रुघाखोकी दुई हप्ता बढी लाग्दै

अब 'एक्सरे'को आवश्यकता नपर्ने, सेन्सरले नै बताउनेछ हड्डीको अवस्था

गर्मीमा छालालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्

चीनले बनायो नयाँ थेरापी प्रविधि : अब १९ हजार रुपैयाँमा क्यान्सरको उपचार

निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित

कामपाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान सुरु

प्रतिक्रिया