शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

जसपा यादव समूहको कार्यकारी समिति बैठक जारी

काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा) संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहको कार्यकारिणी समिति बैठक अहिले बसिरहेको छ । काठमाडौँमा बसिरहेको बैठकमा बहुमत सदस्य उपस्थित रहेका छन् ।
 
बैठकमा निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने, अनुशासनको कारबाही गरेका नेताहरूलाई के गर्ने, तथा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूलाई सोधिएको स्पष्टीकरणबारे कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । 

केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ । अध्यक्ष महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको छ । भने यादव समूह विपक्षी समूहमा लागेको छ ।