प्राधिकरणले गर्यो प्रभु हेलिकप्टरको उडानमा कडाइ, पाइलट ग्राउण्डेड

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सगरमाथाको क्याम्प २ मा प्रभु हेलिकोप्टरले उडान गरेपछि पाइलटलाई रोक लगाएको छ । गत सोमबार अनुमतिबिना आधार शिविर भन्दा माथि हेलिकप्टर उडाएको आरोपमा प्राधिकरणले प्रभुको हेलिकोप्टरलाई सम्पूर्ण उडानमा कडाइ गरेर एक पाइलटलाई ग्राउण्डेड गरिदिएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सोमबार बिहान निर्मल पुर्जाको विदेशी टिमलाई उद्धारका लागि हेलिकप्टर सगरमाथा आधार शिविरको क्याम्प २ मा पुगेको भएको छ ।
उनका अनुसार उद्धार उडानको लागि जान पाउने भए पनि पुर्जालाई लिएर गएको हेलिकोप्टरले अनुमति नलिएकोले प्रभुका सबै हेलिकोप्टरको उडानमा कडाइ गरिएको छ । प्रभुले गरेको मेडिकल उद्धार उडानको विषयमा थप अध्ययन भइरहेकोले अर्को सूचना नभएसम्मका लागि प्रभुले उद्धार उडानबाहेकका अरु कार्गो तथा यात्रु सेवाको उडान गर्नमा रोक लागेको छ ।
प्राधिकरणले प्रभु हेलिकोप्टरलाई स्पष्टीकरणहसहित निर्मल पुर्जालाई लिएर जाने क्याप्टेन गौचनलाईसमेत उडानमा रोक लगाउने निर्णय प्राधिकरणले गरेको छ ।
सगरमाथामा हेलिकप्टर उडान नगर्न सर्वोच्च अदालतले समेत वैशाख १४ मा आदेश दिएको छ । अधिवक्ता दीपक विक्रम मिश्रले दायर गरेको सार्वजनिक सरोकारको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उत्प्रेषण परमादेश जारी गरेर आकस्मिक प्रयोजन बाहेक सगरमाथामा हेलिकप्टर उडान नगर्न नगराउन आदेश दिएको थियो ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया