महिला क्रिकेट एशिया कप खेल्ने प्रारम्भिक टिमको घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडी छनौटको लागि २८ खेलाडीको प्रारम्भिक टिम घोषणा गरेको छ ।
आगामी जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा महिला एशिया कप हुँदैछ ।
प्रारम्भिक टिममा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ ।
क्लोज क्याम्पका लागि छानिएका खेलाडीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कबिता जोशी, काजोल श्रेष्ठ, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोडार, खुशी डंगोल, लक्ष्मी साउद, अलिशा खदिया, अप्सरा बेगम, करुणा भण्डारी, अश्मिना कर्माचार्य, संगीता राई, आरति महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन, हेलिशा गुरुङ रहेका छन् ।
महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ । प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुने छन् ।
भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको थियो ।
एशिया कपमा नेपाल समुह 'ए' मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह 'ए' मा रहेको छ भने समुह 'बी' मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल एसिया कपको उद्घाटनकै दिन जुलाई १९ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा युएईविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्बजनिक गरेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया