डा. शेखर कोइरालाको गृहमन्त्री लामिछानेलाई चुनौतीः गल्ती नगरेको भए अर्को मन्त्रालयमा गएर देखाउनू

काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई गल्ती नगरेको भए अर्को मन्त्रालयमा जानलाई चुनौती दिएका छन् ।
बिहीबार नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गल्ती नगरेको भए अर्को मन्त्रालयमा जान र प्रहरीलाई स्वतन्त्र रुपमा काम गर्न नदिएको टिप्पणी गरेका छन् ।
'प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुहोस् । सिआइबीलाई काम गर्न दिनुहोस्,’ उनले भने,’ कान्तिपुरलाई तर्साएको र ढाकछोप गरेको हो । मिडिया र पत्रकारमाथि तर्साउने काम भइरहेको छ ।‘
प्रहरीले अधिकार छ भन्दै जे पनि गर्न नपाइने उनले उल्लेख गरे । ‘मानिसको इज्जतमाथि प्रहरी प्रशासनले खेल्न पाउँदैन,’ उनले अगाडि थपे,’ मानिसको इज्जत हुन्छ । जो मानिसले बदमासी हुन्छ उसलाई केही नगर्ने । जो मानिस भागिरहेको छैन उसलाई बोलाएर बयान लिए हुन्छ ।‘
कोइरालाले मुलुक निरंकुशता र अधिनायकवादतर्फ गएको जिकिर गरे । ‘देश अधिनायकवाद र निरंकुशतातर्फ अगाडि बढिरहेको सबैले बुझ्नुपर्छ,’ उनको भनाइ छ,’ यो अधिनायकवादको ट्रेलर मात्र हो भनेर हामीले बुझ्न जरुरी छ ।‘
सञ्चारकर्मीहरूलाई उनले त्रासमा नरहन पनि आग्रह गरे । नेपाली कांग्रेस सधैँ साथमा रहने र निर्वाध भई निडरका साथ काम गरेर अगाडि बढ्न उनले सुझाव दिए ।

गगन थापा बाराबाट फर्केपछि मात्रै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छ : गगन थापा (भिडियो)

सरकारले गति लिन सकेन् : गगन थापा

नयाँ वर्षको शुभकामना दिँदै शेखरले भने- कांग्रेसको महाधिवेशनलाई टार्न खोज्ने …

तीनकुने घटनाको मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले कारबाही गर्छ : ईश्व…

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

ओली सरकार बदनाम भइरहेको विषयमा देउवा 'कन्भिन्स'

प्रतिक्रिया