बढी गर्मीले बिर्गियो शाहरुखको स्वास्थ्य

काठमाडौँ - बलिउड अभिनेता शाहरुख खानको स्वास्थ्य अचानक बिग्रिएपछि अस्पताल भर्ना भएका छन् ।
मिडिया रिपोर्टका अनुसार गर्मीका कारण शाहरूखलाई अस्पताल भर्ना गर्नुपरेको थियो । शाहरुख अझै अस्पतालमै रहेको बताइएको छ । केडी अस्पतालका चिकित्सकका अनुसार शाहरूखलाई डिहाइड्रेसन समस्या थियो । जुही चावला पनि शाहरूखलाई हेर्न अस्पताल पुगेकी थिइन् । अस्पतालबाट निस्किएपछि उनले शाहरुखको स्वास्थ्यको अपडेट दिएकी थिइन् । शाहरुख आज साँझ डिस्चार्ज हुने र मुम्बई जाने बताइएको छ ।
जुहीले शाहरुख खानको स्वास्थ्य ठिक रहेको र चाँडै डिस्चार्ज हुने बताएकी छन् ।
शाहरुख खानको स्वास्थ्य र डिस्चार्जको बारेमा केडी अस्पतालले कुनै आधिकारिक घोषणा वा मेडिकल बुलेटिन जारी गरेको छैन । शाहरुख आइपीएलको पहिलो क्वालिफायरका लागि आफ्नो टिम कोलकोतालाई सपोर्ट गर्न अहमदावाद पुगेका थिए ।
पछिल्लो चार दिनदेखि अहमदाबादमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियसको बीचमा रेकर्ड भइरहेको छ । जसका कारण शाहरुखको स्वास्थ्य बिग्रिएको अनुमान गरिएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया