त्रिशूलीमा बेपत्ता तीनमध्ये दुईको शव फेला
चितवन : इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप भ्यान खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो ।
सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो ।
र, यो पनि
- बिरामी बोकेको पिकअप भ्यान त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता
प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका थिए । बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ । सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो । घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

प्रतिक्रिया