गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

गण्डकी - गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले प्रदेशसभाको उक्त बैठकमा सहभागी नहुने जनाएको छ ।
कांग्रेस संसदीय दल, गण्डकी प्रदेशले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक तवरबाट बहुुमत प्राप्त गरेको घोषणा प्रक्रियाविरुद्ध कांग्रेस संसदीय दलले सर्वोच्च अदातलमा दायर गरेको रिटको अन्तिम सुनुवाइ नहुँदासम्म गण्डकी प्रदेशसभाको बैठक एवं प्रदेश सरकारका काममा पार्टीको सहभागिता नहुने जनाएको छ ।
“अदालतको आदेशको अवहेलना हुने गरी कामचलाउ प्रदेश सरकारले यही जेठ ११ गते दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरी आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर असहमति रहेको छ”, नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अदालतको आदेश विपरीत कार्य गरे गराइएमा कांग्रेस संसदीय दललाई मान्य नहुने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयंम प्रदेश सरकार र आदेश उल्लंघन गर्ने पक्ष नै हुने विज्ञप्तिमा उल्लेख छ ।

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_TMtnFW2Gi6_5un2egesepsjmlgvztw7gsdnvn6wrke2rw5siy2adtmmy8v8p2kxyg5mtrvl.jpg)
प्रतिक्रिया